मंसिर १२ गते २०७७

कास्कीमा संचालित अधिकाशं क्रसर उद्योग अवैध

कास्कीमा संचालित अधिकाशं क्रसर उद्योग अवैध रुपमा संचालन भइरहेको पाइएको छ । जिल्ला समन्वय समितिको पहलमा गरिएको अनुगमनका क्रममा धेरै जस्तो क्रसर उद्योग अवैध रुपमा संचालन गरिएको पाइएको समन्वय समिति प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुभयो । अनुगमन टोलीले माछापुच्छे« गाउँपालिका अन्र्तगतका ४ क्रसर उद्योगको अनुगमन गरेको थियो । जसमा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, लगायत जिल्ला स्थित सुरक्षा, वन, राजश्व, पुर्वाधार, नापी, मालपोत कार्यालयका प्रतिनिधी, पत्रकार लगायतको सहभागि रहेको थियो । टोलीले आवश्यक कागजपत्र सहित आइतवारसम्म जिल्ला समन्वय समितिमा सम्पर्कमा आउन र बल मिच्याई नगर्न क्रसर व्यवसायीलाई निर्देशन समेत दिएको छ । राज्यको सम्पती दोहन गरी व्यक्ति मोटाउने काम पूर्ण रुपमा बन्द गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो। टोलीले यसअघि पोखरा १४, २९ र ३२ का क्रसर उद्योगको पनि अनुगमन गरिसकेको छ ।अव चाँडै नै केही छुटपुट उद्योगको पनि अनुगमन सक्ने र सबैलाई कानुनी दायरामा ल्याइने जनाइएको छ ।