मंसिर १२ गते २०७७
२४ घण्टामा नेपालमा एक हजार सात सय तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा २३ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार चार सय ३५ पुगेको छ । यस्तै गएको २४ घण्टामा नेपालमा एक हजार सात सय तीन जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार एक हजार सात सय तीन जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख २९ हजार तीन सय ४३ पुगेको छ । १० हजार चार सय ६० जनाको नमुना परीक्षण गर्दा यति सङ्ख्यामा सङ्क्रमित थपिएका हुन । यस्तै गएको २४ घण्टामा एक हजार दुई सय ३६ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन । योसँगै अहिलेसम्म कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख नौ हजार चार सय ३५ पुगेको छ । नेपालमा अहिले १७ हजार दुई सय ३७ जना आइसोलेशनमा छन । यस्तै ६ सय एक जना क्वरेण्टीनमा रहेका मन्त्रालयले जनाएको छ । यस्तै कोरोना संक्रमणबाट पोखरामा २ जनाको मृत्यु भएको छ । हाल सम्म प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । यस्तै गरी पोखरामा २८ सहित गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ११,५८८ पुगेको छ ।