मंसिर २० गते २०७७

सूचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपालको रुपा गाँउपालीकामा सञ्जाल बिस्तार

सूचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपालले रुपा गाँउपालीकामा आफ्नो सञ्जाल बिस्तार कार्यक्रम सम्पन्न गरेको छ । शनिबार रुपा गाउँपालीकामा सम्पन्न भएको कार्यक्रममा रामकृष्ण अधिकारीको संयोजकमा ७ शदस्यि समिती गठन गरीएको छ । कार्यक्रममा कास्की जिल्ला संंयोजक यदुनाथ बञ्जराले सूचनाको हक के हो कसरी सूचना पाउन सकिन्छ भन्ने विषयमा जानाकारी दिन तथा कुनै पनि जनता सुचना पाउने अधिकार बाट बञ्चित नहुन् भन्ने मुख्य उद्येश्य सञ्जाल बिस्तार गरीएको बताए । कास्कीका साथै अन्नपुर्ण र रुपा गाँउपालीकामा उत्साहजनक सहभागितामा सञ्जाल गठन भएको जानाकारी दिए । त्यसैगरी अब बाँकी रहेका २ गाउँपालीकामा पनि छिटैनै बिस्तार गरिने तयारीमा रहेको बताए । साथै कार्यक्रममा प्रदेश सहसंयोजक माधव पनेरुले जनाताले सुचना पाउँने हकलाई प्रभाबकारी रुपमा प्रयोग गर्न संजाल गठनले महत्वपुर्ण भुमिका खेल्ले बताए । रुपा गाउँपालीकाका उपाध्यक्ष लालशुभा गुरुङको प्रमुख आतिथ्यताम सम्पन्न कार्यक्रममा गाउँपालीकाका सुचना अधिकारी सन्दिप पौडेल, प्रमुख प्रसासकिय अधिकारी,सन्तोष ढुगाना लगाएतको उस्थिती रहेको थियो । भने कार्यक्रमको संचालन जित बहादुर थापा मगरले गरेका थिए ।