मंसिर २८ गते २०७७

पोखरा महानगरले जथाभावि पाकीङ्ग शुल्क उठाएपछि बिरोध, प्रतिघण्टा रु २० तिर्नुपर्ने ।

पोखरा ।
पोखरा महानगरपालिकाले जथाभावी पार्कीङ्ग शुल्क उठाउन थालेपछि ब्यबशायि तथा नागरीकस्तरमा बिरोध सुरु भएको छ ।
बिषेशगरि सडकमा पार्कीङ्ग गरेको समय अबधीका आधारमा शुल्क लाग्ने ब्यबस्थाको बिरोध भएको हो । महानगरले प्रतिघण्टा रु २० का दरले शुल्क लिने गरी पार्कीङ्ग शुल्क उठाएको छ । भर्खरै कोरोना संक्रमण बाट थला परेका जनता र निजि क्षेत्रलाई प्रत्यक्ष मारमा पर्ने गरी महानगरले जनतामारा र्निणय गरेका नागरीकहरुको गुनासो छ । पोखरा महानगर स्रोतले भने र्निणय पुर्नःबिचार गर्ने बताएको छ । महानगर प्रमुख मान बहादुर जि.सि.का प्रेस सल्लाहकार माधब बरालले खासगरि न्युरोड तथा महेन्द्रपुल क्षेत्रमा ब्यबशासयहरुकै मागमा यस्तो र्निणय भएको बताएका छन ।
तर राष्ट्रिय उद्योग ब्यापार महासंघ गण्डकीले भने यो र्निणयको बिरोध गरेको छ । महासंघ गण्डकीको अध्यक्ष प्रबेश चन्द्र उप्रेतिले एक बिज्ञप्ती प्रकाशित गरी कोरोनाले थला परको नागरीकहरुलाई यस्ता र्निणयले थप आगात पुग्ने बताएका छन । यो बेला बिस्वभरीनै नागरीक तथा ब्यबशायिहरुलाई राहत उपलब्ध गराईरहेको शन्र्दभमा पोखरा महानगरपालिकाले गरेको र्निणय जनमैत्रि हुन नसकेको बिज्ञप्तीमा जनाइएको छ । यस्ता गलत र्निणय सच्चान बिज्ञप्ती मार्फत माग गरिएको छ ।
यसैगरि जागौ पोखरा अभियानले पनि आफुहरुको ध्यानाकर्षण भएको बताएको छ । अभियानका सह–संयोजक शिबराज बस्ताकोटीले सञ्चारमाध्यमलाई जानकारी दिदै महानगरले हचुवाको भरमा र्निणय गरेको र यो र्निणय नसच्चाए आफुहरुले आन्दोलन गर्ने बताएका छन ।