पौष १५ गते २०७७

नेकपा गण्डकी प्रदेशको ल्होसारको शुभकामना

पुष १५, पोखरा ।
तमु जातीहरुले मनाउने ल्होसार पर्बको अबसरमा नेकपा कम्युनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेशले पनि शुभकामना ब्यक्त गरेको छ । नेकपाका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे द्धारा एक बिज्ञप्ती जारी गरि सबै जाती ,धर्म तथा सम्प्रदायका पर्बहरु प्रति समभाव रहेको बताउनु भएको छ । यस्ता पर्बहरुले समाजिक एकता कायम राख्न सहयोग गर्ने बिज्ञप्ती मार्फत जनाइएको छ । बिबिधता भित्रको एकता नेपाली बिषेशता भएको भन्दै तमु नयाँ बर्ष (च्यु ल्हो) समापन भई गाई बर्ग (ल्वो ल्हो) सुरु भएको अबसरमा स्वदेश तथा बिदेशमा रहेका सम्पुर्णमा शुभकामना ब्यक्त गरिएको छ ।