पौष २५ गते २०७७
ढिकुरपोखरी समाज पोखराको अध्यक्षमा भण्डारी
पुष्प दाहाल
पोखरा,२५ पुस । ढिकुरपोखरी समाज पोखराको १३ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी दूई वर्षे कार्यकालको लागी बाबुराम भण्डारीको अध्यक्षतामा १४ सदश्यि नयाँ कार्यसमिती चयन गरेको छ । समाजको उपाध्यक्षमा सोमनाथ पौडेल, सचिवमा लक्ष्मी अधिकारी, सह सचिवमा बाबुराम अधिकारी र कोषाध्यक्षमा लोकनाथ पौडेल सर्वसहमती रुपमा चयन भएका छन् । कार्य समिती सदश्यमा चन्द्रावती गैह् , सरस्वती अधिकारी, रमा पौडेल, कृष्ण प्रसाद दाहाल,गणेश गीरी, गणेश परीयार, गणेश प्रसाद अधिकारी, गम बहादुर कुवर र बिष्णुहरी भुगाई रहेका छन् । उक्त अधिवेशनले बामदेव पौडेलको संयोजकत्वमा ओमप्रसाद पौडेल र गायत्री अधिकारी सदस्य रहेको न्यायिक समिति पनि गठन गरेको छ। कार्यक्रममा भनाई राख्दै प्रमुख अतिथी समाजका सल्लाहकार कुलबहादुर गुरुङ कुलुले समाज एकताको प्रतिक भएको चर्चा गर्दै समाज मार्फत भात्रित्व विकास गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले समाजद्वारा स्थापीत अक्षयकोषको सदुपयोग हुनुपर्ने पनि औँल्याउनुभयो ।
उक्त अवसरमा समाजका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, अन्नपूर्ण बचत तथा ऋण सहकारीका अध्यक्ष इन्द्रप्रसाद पौडेल, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, थाहा फाउन्डेसन कास्की अध्यक्ष सरु दाहाल, पाउँदुरकोट आधारभूत विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद सुवेदी, दिगो महिला विकास बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष निर्मला अधिकारी, आजीवन सदस्यद्वय कृष्ण भण्डारी र सीता भण्डारी साथै समाजका अध्यक्ष विष्णुप्रसाद अधिकारीले भनाई राख्नुभएको थियो । उहाँहरुले समाजलाई नमुना बनाउनुपर्ने, अक्षयकोशको रकमको सदुपयोग गर्नुपर्ने, समाजको भवन निर्माणतर्फ पनि सोच्नुपर्ने, ढिकुरपोखरीवासीको आजीवन संस्था भएकाले माया गर्नुपर्ने, समाज दुख,सुखको साथी बन्नुपर्ने लगायतका धारणा राख्नुभएको थिए ।
साथै समाजले पत्रकार श्रीभद्र पौडेल लाई सम्मान गरेको छ । पौडेललाई पत्रकारिता क्षेत्र मार्फत समग्र कास्की जिल्लाको विकासमा योगदान पु¥याएको भन्दै दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । यसअधि उक्त पुस्कारबाट फेवा टिभीका समाचार प्रमुख पत्रकार पुष्प दाहाल सम्मानित हुनुभएको थियो । कार्यक्रमकमा सचिव सोमनाथ पौडेलद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन साथै कोषाध्यक्ष बाबुराम अधिकारीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफल सहित अनुमोदन भए । समाजका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष बाबुराम भण्डारीले स्वागत तथा सचिव सोमनाथ पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।