पौष २८ गते २०७७

ओलीमा दुनियाँलाई उल्लु र जनतालाई भेडा ठान्ने प्रबृती हाबी भयो । प्रचण्ड

नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने दावी गरेका कास्कीको पोखरामा मंगलबार भएको बृहत प्रशिक्षण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन् । प्रचण्डले जताततै अल्पमतमा परेका ओलीले केन्द्रीय समिति विस्तार गरेको नाटक गरेको भन्दै विचार र सिद्धान्त नै त्याग्दै मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जवज) पनि छाडिसकेको बताए । केपी ओलीले जालझेलको भाषा बोल्ने गरेको भन्दै आफु अहिले भइरहेको विवादबारे सत्य बोल्ने बताए । उनले केन्द्रीय समिति बैठकले ओलीलाई कार्यशैली सच्याउ या भ्रष्टाचारको छानविन गर्न तयार हुन निर्देशन दिने तयारी भएको भन्दै नभए जिम्मेवारी छाड्देउ भन्नेवाला रहेको बताए । ‘तर पार्टीभित्र अल्पमतमा परे भन्दैमा पार्टी नै फुटाउने, संविधान कुल्चने र संसद भंग गर्ने अधिकार कही छ ?’ प्रचण्डले प्रश्न गरे । ओलीले दुनियाँलाई उल्लु र जनतालाई भेडा ठान्ने गरेको भन्दै गणतन्त्र सम्भव छैन, समावेसी समानुपातिक चाहिँदैन भन्ने ओली नै भएको बताए । उनले पार्टीभित्रको लडाई भर्खर देखा नपरेको भन्दै पार्टी एकतादेखि नै कहिले सुसुप्त र कहिले बृहत रुपमा चल्दै आएपनि गत माघमा सम्पन्न केन्द्रीय समितिपछि यो लडाई थप बृहत भएको बताए ।

अर्का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीमा कम्युनिस्ट चरित्र र गुण नै नभएको बताउनु भएको छ । नेपालले ओलीमा एकलकाटे प्रवृत्ति र गुटको संरक्षण गर्नेबाहेक अरु केही नभएको बताए । पार्टी गुट र व्यक्तिबाट चल्ने नभइ विचार र सिद्धान्तबाट चल्ने नेपालको भनाइ छ । पार्टीमा बैठक नबस्ने, जनजीवीकाको कुरा नै किन नहोस् छलफल हुनुपर्छ बहस हुनुपर्छ’ नेता नेपालको भनाइ छ । आफूले ओलीलाई पटक पटक प्रधानमन्त्री हुँदा पार्टी बैठकमा बस्न नभ्याउने भए आफूहरु छलफल र बहस गर्छौ भन्दा पनि नसुन्ने गरेको बताए । केपी ओलीले सिकाएको संस्कार समेत सर्वहारा संस्कार नभएर सामन्ती संस्कार भएको बताउदै कम्युनिस्टहरु इमान्दार हुने भएपनि केपी ओली इमान्दार हुन नसकेको टिप्पणी गरे । ‘केपी ओलीले बाटो विराएकोले समयमै बिराएको बाटोबाट फर्कन आग्रह गर्नुभयो । केपी ओली सुरुबाटै गुटबन्दीमा लागेको पनि स्मरण गराए । अध्यक्ष नेपालले आफ्नो पक्षमा ४३४ केन्द्रीय समिति मध्ये ३१५ जना रहेको र ओलीको पक्षमा ११८ जनामात्रै रहेकाले बहुमत कस्को पक्षमा हुन्छ छुट्याउन आग्रह गरे । साथै आफुले नेतृत्व गरेको नेकपा नै मुल पार्टी भएकाले सुर्य चिन्ह पनि कसैले खोस्न नसक्ने बताए । उहाँले केपी ओलीको समूहलाई केपी ओली फाउण्डेसन गुटको संज्ञा समेत दिए । त्यसैगरी नेता नारायणकाजी श्रेष्ठले ‘प्रधानमन्त्रीले सबै सेटिङ मिलाएका छन्, हाम्रो पक्षमा फैसला आउँछ’ भनेर भ्रम फैलाइएको भन्दै सचेत हुन सर्वोच्च अदालतलाई आग्रह गरेका छन् । श्रेष्ठले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले संविधानअनुसार नै फैसला गर्छ भन्नेमा आफूहरु विश्वस्त रहेको बताए । स्वयंम केपी शर्मा ओली पक्षकै नेताहरुले पनि संसद विघटन असंवैधानिक भन्ने बुझेको भन्दै उनले अघि भने, ‘तर केपी बाले सेटिङ गराउनु भएको छ, सबै मिल्छ । अदालतले हाम्रो पक्षमा फैसला गर्छ, निर्वाचन आयोगले पनि हाम्रै पक्षमा फैसला गर्छ भनेर केपी र केपी गुटका मान्छेहरु भनिरहेको दाबी गरे । सर्वोच्च अदालतले संविधानसम्वत फैसला गर्छ भन्नेमा आँफुहरु विश्वस्त रहेको बताए ।