माघ ४ गते २०७७

पोखरा इलेक्ट्रोनिक्स् ब्यबसायी सघंमा दाहाल

पुष्प दाहाल । पोखरा

पोखरा इलेक्ट्रोनिक्स् ब्यबसायी सघंको २० औं साधारण सभा तथा १० औं अधिवेशन सम्पन्न भएको छ । अधिवेसनले आगामी कार्यकालको लागी दधिराम दाहालको अध्यक्षतामा १३ सदस्शिय नयाँ कार्य समिती चयन गरेको छ । दाहालले कुल १०३ मत प्राप्त गरी बिजयी भएका हुन भने अर्का उमेद्वार चिन्तामणी खनालले ४६ मत प्राप्त गरेका थिए । समितीको प्रथम उपाध्यक्षमा किरण ढकाल, दृतिय उपाध्यक्षमा नबिनराज बराल चयन भएका छन् । त्यसैगरी महासचिवमा पोष बहादुर भुजेल ,सचिवमा चेत नारायण पोख्रेल कोषाध्यक्ष तिर्थराज देवकोटा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमश होम बिलास सापकोटा, बिदुर सापकोटा, बिजय पाठक ,जनक राज सुबेदी , रामचन्द्र पाण्डे , दीपक भट्टराई र नवराज देवकोटा रहेका छन् । नवनिर्वाचित अध्यक्ष दाहालले आफ्नो कार्यकालमा सबै ब्यवसायिको हक हितमा जोड दिदै ब्वसायिहरुको मनोवल उच्च बनाउन प्रयत्न गर्नै प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रमका प्रमख अतिथी पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले ब्ववसायीहरुको एकताले ब्यवसायमा ठुलो भुमिका खेल्ने बताए । साथै इलेक्ट्रोनिक्स् ब्यबसायीको समस्या समाधान गर्दै अगाडी बढ्न शुभकामना दिए ।