माघ २१ गते २०७७
ढिकुरपोखरी समाज पोखराको १४ औं स्थापना दिवस सम्पन्न
पुष्प दाहाल, पोखरा
ढिकुरपोखरि समाज पोखराको १४ आंै स्थापना दिवसको अबसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको छ । लायन्स क्लब अफ पोखरा ह्युमानिटी र अन्नपुर्ण बचत तथा ऋिण सहकारि संस्थाको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमा कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयका सचिब बिनोद बहादुर कुँवरले रक्तदाताहरुलाई ब्लड ब्याग हस्तान्त्रण गरी कार्यक्रमको उद्धघाटन गरेका थिए । उक्त अवसरमा समाज स्थापना काल देखि सहयोग पुरर्याउदै आएका आजिवन सद्स्य जुम बहादुर गुरुङ, चन्द्र कान्त पौडेल र समाजका न्यायिक समिती संयोजक पुष्पराज दहाललाई सम्मानित गरीएको छ । साथै समाजले अध्ययनको शिलशिलामा साइप्रसमा अल्पआयुमै ज्यान गुमाएका अन्नपुर्ण गाउपालिका वडा नं २ का स्व रोशन अधिकारिको परिवारलाई सहयोग हस्तान्त्रण गरेको छ । समाज तथा बिभिन्न ब्यक्तीहरुको अग्रसरतामा बिभिन्न माध्ययम बाट संकलन गएिको कुल छ लाख पैतिस हजार छ सय रुपैंया स्वर्गिय रोशन अधिकारीका बुवा केशब अधिकारीलाई हस्तान्त्रण गरियो । उक्त अवसरमा समाजका सल्लाहाकार,पुर्व अध्यक्ष तथा समाजसेवीहरुले आफ्ना भनाई राखेका थिए । समाजका अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सोमनाथ पौडेलले गरेका थिए भने संचालन सचिव लक्ष्मी अधिकारीले गरेकी थिईन ।