फागुन २ गते २०७७
जन्मदिनमा बृक्षरोपण अभियान :मुख्यमन्त्री गुरुङ्ग द्धारा निबास परिसरमा बृक्षारोपण
पोखरा ।
आफ्नो जन्मदिनको अबसर पारेर बिस्व बाताबरण जोगाऊ भन्ने अभियान अन्र्तगत अहिले बिवभरी बृक्षारोपण अभियान चलिरहेको छ । लमजुङ्ग जिल्लाका केही अभियन्ताहरुले सूरु गरेको यो अभियानमा गण्डकी प्रदेशका माननीय मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले पनि आफ्नो जन्म दिनको अवसरमा बृक्षारोपण गर्नुभएको छ ।
विगतका वर्षमा जस्तै यो वर्षको जन्मदिनमा पनि मुख्यमन्त्रीले आफ्नो जन्मदिनमा निवास परिसरमा बृक्षरोपण गर्नुभएको छ । सो अबसरमा प्रकृतिको संरक्षण गर्न वातारण स्वच्छता कायम गर्न, असल र सभ्य संस्कारको विकास गर्दै सभ्य समाज र सभ्य मुलुक निर्माण अभियान साथै सरकारले ल्याएको सुखी नेपाली ः समृद्ध नेपाल अभियानलाई अगाडी बढाउन पनि अभियानले सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो । अभियान्ताहरुलाई सम्बोधन गर्दै माननीय गुरुङले अभियान समय सान्दर्भीक रहेको उल्लेख गर्नुभयो । जन्म दिनमा बृक्षरोपण अभियानलाई आफ्नो व्यक्तिगत तर्फबाट र प्रदेश सरकारको तर्फबाट भरपुर साथ, सहयोग र समर्थन रहिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । २०७५ मंसिर २९ गते लमजुङको बेसीशहरबाट सुभारम्भ भएको जन्मदिनका बृक्षरोपण अभियान अहिले देशका विभिन्न जिल्लाहरुमा र विदेशमा रहनुहुने नेपालीहरुले समेत सहभागीता जनाउनुभएको छ र अभियानलाई विश्वब्यापी बनाउने उदेश्य छ ।
अभियानका संस्थापक अध्यक्ष वासुदेव सेढाईले जन्म दिको अवसरका मुख्य मन्त्रीलाई जन्मदिनको शुभकामना दिँदै अभियानका गतिविधीबारे जानकारी गराउनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय धनञ्जय दवाडी, प्रेस संगठनका केन्द्रय सदस्य गणेश पाण्डे, सामाजिक न्याय अभियानका अभियान्ता एवम् अधिबक्ता सुदर्शन जोशी लगायकत अभियान्ताहरुको उल्लेख्य उपस्थिती थियो ।