फागुन २ गते २०७७

लेखनाथ बिभुतीमा आँखा शिविर साथै विशेष अक्षराम्भ कार्यक्रम हुने

पोखरा महानगरपालीका १५ मा रहेको लेखनाथ बिभुती बोडिङ् स्कुलले फागुन ४ गते श्रीपञ्चमीको अवसरमा निशुल्क आँखा शिविरको साथै विशेष अक्षराम्भ तथा सरस्वती पुजा कार्यक्रम गर्ने भएको छ । पुर्विय दर्शनका ब्याख्यता गुरु चैतन्य कृष्णको प्रमुख आतिथ्तेतामा कार्यक्रम हुने बिद्यालयमा आयोजित एक पत्रकार सम्मेलनामा जानाकारी दिइयो । बाहिरी भौतीक दृष्य आँखा तथा भित्री ज्ञानको आध्यात्मीक दृष्य दुबैलाई स्वच्छ राख्नका लागी आँखाको परिक्षण र बिषेश पुजा एकै पटक गर्न लागीएको बिद्यालयका प्रिन्सिपल बिनोद कुमार अधिकारीले जानाकारी दिनुभयो । पछिल्लो समयको परिवर्तित अवस्थालाई मध्यनजर गर्दै बिद्यालयमा मण्टेश्वरी देखी मास्टर सम्म एम टु एम कार्यक्रम संचालन गर्ने ,बिभिन्न खालका ब्यवहारिक ज्ञान, बोल्ने कला बिकासको लागी उध्घोषक कला , ब्यक्तीगत सुरक्षकालागी सेक्युरीटी तालीम, बैदेशिक भाषा ज्ञानका लागी बिभिन्न भाषाका ज्ञान दिईने गरी विशेष कक्षा ब्यवस्थापन गरिने बिद्यालयको भावि योजना रहेको बिद्यालयका अध्यक्ष गोपल प्रसाद भट्टराईले जानाकारी दिनुभयो ।