फागुन २१ गते २०७७
मर्स्याङ्दीले गर्यो सहिदलाई सम्मान
नेकपा मर्स्याङ्दी गाउँ पालिका कमिटीको आयोजनामा सहिद सप्ताहको सन्दर्भमा जनयुद्ध,जनआन्दोलन र विभिन्न संघर्षको क्रममा बलिदान गर्नुहुने मर्स्याङ्दी गाउँपालिका भित्रका सहिद बेपत्ता योद्धाका परिवारजन लाई सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । जनयुद्धको बलिदान गर्नुहुने क्रममा सहिद कोपिला घिमिरे आस्था बुवा दयासागर घिमिरे,सुकमान गुरुङको धर्मपत्नी सरस्वती गुरुङ,सुक बहादुर बि।क।को भाउजू सुकमाया बि।क।,एण्डु क्षेत्रीको धर्मपत्नी सीता श्रेष्ठ लाई सम्मान गरिएको हो । सम्मान कार्यक्रम नेकपा मर्स्याङ्दी गाउँपालिका कमिटी सचीव दयासागर घिमिरेको अध्यक्षता र जिल्ला कमिटी सचिवालय सदस्य एबम गाउँपालिका उपाध्यक्ष होम बहादुर बि।क।को प्रमुख अतिथ्यमा भएको हो । कार्यक्रम बोल्दै उपाध्यक्ष बिक ले सहिद र बेपत्ता योद्धाहरुको बलिदानका कारण समाजमा हेपिएका,दबिइएका श्रमजीवी बर्ग जाती र लिङ्गको सहभागीता र प्रतिनिधित्व सम्भाव भएको र सहिद बेपत्ता योद्धाहरुले देखाएको सपना पूरा गर्दै उहाँको परिवार समस्य हरु समाधानको लागि आफू निरन्तर लागिरहेको बताउनु भएको थियो । कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा कार्यपालिका सदस्य कृष्ण बहादुर बि।क।,गाउँपालिका कमिटी सदस्य महेन्द्र थापा,मधुराम भण्डारीले सहिदहरुको बलिदानको सम्मान गर्न लागिरहने प्रतिबद्धता जनाउनु भएको थियो कार्यक्रमको सहजीकरण कुल बहादुर बि।क।ले गर्नुभएको थियोे ।