फागुन २२ गते २०७७

ढिकुरपोखरी समाज पोखराको अक्षयकोष स्थापना

पुष्प दाहाल,

ढिकुरपोखरी समाज पोखराले अक्षयकोष स्थापनाको औपचारीक घोषणा गरेको छ । समाजको सम्बृद्धीका माध्यमले समाज सेवामा महत्वुणर् योगदान पुर्याउने पबित्र उद्येश्य राखी अक्षयकोष स्थापना गरीएको अक्षयकोष स्थापनाका संयोजक बाबुराम भण्डारीले जानाकारी दिनुभयो । सनिबार पोखरामा आयोजित एक कार्यक्रममा हाल सम्म अक्षयकोषमा रकम जम्मा गरी सहयोग गर्नै १ सय ९१ जना लाई सम्मान गरिएको छ । कार्यक्रम लाई सम्बोधन गदै प्रमुख अतिथी भावकत भाष्कर युवा पण्डित कमल नयन गौतमले सकरात्मक भाव तथा असल सोचका साथ अगाडी बढ्यो भने मानव जिवन सफल हुने बताउनुभयो । साथै थोपा थोपा मिलेर सागर बन्ने भएकोले कमाईको सानो अंश लाई मात्र समाज सेवामा लगाउने हो भने जिवन पुन्य हूनेमामा जोड दिनुभयो । विश्वमा खान नपाएर मर्ने मानिस भन्दा खान नजानेर मर्नेको संख्या बढि भएको बताउदै गौतमले बाडीचँुढी खाने बानीको बिकास भए संसारमा कुनै पनि मानव दुखी हुनु नपर्ने बाताउनुभयो । कार्यक्रममा अन्नपुणर् गाँउपालीका प्रमुख युवराज कुँवर, प्रमुख प्रसासकिय अधिकृत युवराज अधिकारी , अक्षयकोषका संरक्षक कुल बहादूर गुरुङ, मादी गाँउपालीकाका प्रमुख प्रसासकीय अधिकृत नाराएण प्रसाद पौडेल, ढिकुरपोखरी समाजका संथापक अध्यक्ष राम चन्द्र पौडेल, अन्नपुणर् बचत तथा ऋण सहकारीका अध्यक्ष इन्द्र प्रसाद पौडेल, लगायतले आफ्ना भनाई राखेका थिए । ढिकुरपोखरी समाज पोखराका अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव लक्ष्मी अधिकारीले गर्नुभएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष सोमनाथ पौडेलले गर्नूभएको थियो । २०६४ सालमा स्थापना भएको समाजले २६ लाख ५९ हजार ७ सय ३२ रुपैंयाको अक्षयकोष स्थापना गरेको छ ।