जेठ १० गते २०७८

राईनासका संक्रमित राख्न ३२ बेडको आईसोलेसन, बिरामीको निःशुल्क उपचार हुने

लमजुङ,
लमजुङको राईनास नगरपालिकामा रहेको सहोदर सामुदायिक अस्पतालमा ३२ बेडको आईसोलेशन र्निमाण हुने भएको छ ।
बढ्दो कोरोना संक्रमणका कारण पालिकामा सक्रिय संक्रमितको सख्या बढ्न थालेपछि राईनास नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएर बेड र्निमाण गर्न लागिएको हो । पालिकाका अनुसार आज नै रकम निकासा गरेर काम गर्न निर्देशन गरिसकिएको र एक,दुई दिनमै आईसोलेशन र्निमाण हुनेछ । पालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारीले दिएको जानकारी अनुसार आईसोलेसन वार्डका लागि प्रदेश सरकारको रु पाँच लाख र नगरपालिकाले रु पाँच लाख सहयोग उपलब्ध गराउने अधिकारीले बताउनु भयो । अन्य आबस्यक स्वास्थ्य सहयोग गराएर पालिका भित्रका कोरोना संक्रमितकोे निःशुल्क उपचार गराउने बताइएको छ ।