जेठ १७ गते २०७८

अस्सीजन प्लान्टका लागि राईनासले दियो ५० लाख

राईनास, लमजुङ ।
नगरपालिका भित्र संक्रमितको उपचारमा सहज बनाउने उद्धेश्यले राईनास नगरपालिकाले अक्सीजन प्लान्टका लागि पचास लाख आर्थिक सहयोग गर्ने र्निणय गरेको छ । वडा नं ७ मा रहेको सहोदर सामुदायिक अस्पतालमा अक्सीजन प्लान्ट राख्ने अभियान सुरु भएपछि पालिकाले करीव पचास प्रतिशत रकम सहयोग गर्ने र्निणय गरिएको हो । नगरकार्यपालिको बैठकबाट उक्त र्निणय भएको पालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । पालिकाका संक्रमितहरुलाई उपचारमा सहज बनाउनको लागि पालिकाले उक्त अस्पताललाई यसअघि पनि दश लाख आर्थिक सहयोग गरेको थियो ।
पालिकाले कोरोना नियन्त्रणका लागि खटिएको कर्मचारीहरुलाई, स्वास्थ्यकर्मि तथा सहयोगिहरुलाई प्रोत्साहन भत्ता दिने पनि र्निणय गरको छ । नजिकिदै गरेको नगरसभालाई पनि ब्यबस्थित बनाउने र बर्तमान अबस्थाका लाई मध्येनजर गरि सर्तकता अपनाएर सम्पन्न गर्ने बिषयमा एकमत भएको बताइएको छ ।