पोखरा, जागौ नेपाल राष्ट्रिय अभियान द्धारा पोखरामा राहत बितरण गरीएको छ ।
कोरोना संक्रमणका कारण नियमित ज्यालादारीमा काम गर्न नपाएका सुकुम्वासीलाई राहत बितरण गरिएको हो ।पोखरा महानगरपालिका वडा नं ३२ मा रहेको तालखोला बयरघारी टोलका २५ घरधुरीलाई खाद्यान्न, माक्स बितरण गरिएको जागौ नेपाल राष्ट्रिय अभियानका केन्द्रीय संयोजक दिपक आचार्यले जानकारी दिनुभयो ।
राहत बिरतण कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार न्युनतम पारिश्रमिक र्निधारण समितिका सदस्य तथा बरिष्ट पत्रकार माधब पनेरुले राहत हस्तान्तरण गर्नुभएको थियो । सो अबसरमा उहाँले जागौ नेपालले देशभर बितरण गरेको राहतले गरिवलाई केही हदसम्म भएपनि जिविका चलाउन सहयोग पुगेकोमा बिदेशमा रहेका अभियन्ताहरुलाई धन्यबाद दिनुभयो । बिदेशी भुमिमा रहेका नेपालीहरु होस या नेपालमा रहेर राज्यलाई उत्तरदायि बनाउने कार्यमा लाग्ने जागौ नेपाल अभियानका अभियन्तालाई थप कृयाशिल भएर लाग्न उहाँले अनुरोध गर्नुभयो । जागौ नेपालको प्रबास समितीको सकृयतामा संकलन गरिएको सहयोग बाट राहत बितरण गरिएको अभियानका सचिव ज्ञानु आचार्यले जानकारी दिनुभयो । अभियानले देशका बिभिन्न भागमा स्वास्थ्य सामाग्री,खाद्यान्न सहयोग गरिरहेको छ ।
सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको जनाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद...
Read More
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन् । जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् ।...
Read More
म्याग्दीको धौलागिरि गाउँपालिकामा सञ्चालित विभिन्न शीर्षकका पाँचवटा विकास योजनाको गण्डकी प्रदेश सरकारले बजेट कटौती गरिदिए पछि बजेट व्यवस्थापन गरिदिन अनुरोधसहित ध्यानाकर्षण गराइएको छ । अघिल्लो सरकारले निरन्तरता दिएको सडक,...
Read More