जेठ २७ गते २०७८
बिद्यार्थीको रिजल्ट रोकेको भन्दै अभिभावकको आपत्ती
लमजुङ,राईनास ।
लमजुङको राईनास नगरपालिका वडा नं १ मा रहेको ज्ञानोदय उच्च मा.वि.मा अभिभावकले गुनासो गरेका छन । बिद्यालयको बार्षिक परिक्षा प्रकाशित भएपछि आफ्नो बिद्यार्थिको नाम परिक्षाफल प्रकासन तालिकामा नभएपछि बिद्यालयमा गुनासो गरेको अभिभावक ईन्दीरा पोखरेलले जानकारी दिनुभयो ।
प्ले ग्रूपमा पढेकी बालिका दिलसा ढकालको नाम लिष्टबाट हटाएको भन्दै पोखरेलले प्रधानध्यापक अच्युत घिमिरे संग जिज्ञासा राख्दा गैरजिम्मेबार अभिब्यक्ती दिएको पोखरेलको भनाई छ । परिक्षामा सहभागि भएपछि पास या फेल जे भएपनि रिजल्ट त आउन पर्यो नि, सामुदायिक बिद्यालयमा राजनितिक पुर्बाग्रहको सिकार आफ्नो बच्चा भएको उनको आरोप छ । यो बिषयमा कक्षा शिक्षक कोपिला पन्थीले पनि हेडसरले परिक्षाफल ननिकाल्न र्निदेशन दिएको स्वीकार गर्नुभयो । अनौपचारीक रुपमा बच्चाको बारेमा जानकारि लिदा तेस्रो स्थान हासिल गरेको उनले अभिभावक संग भने भएपनि परीक्षाफल लिष्टमा नाम नहुनु बिद्यालयको गैरजिम्मेबार तथा अबैधानिक हर्कत भएको अभिभावकको भनाई छ ।
अघिल्लो परिक्षामा तेस्रो स्थान हासिल गरेकी बालिका ढकाललको परिक्षाफल रोकीनुको बारेमा बुझ्न खोज्दा प्रधानध्यापक घिमिरेले मोवाईल रेस्पोन्स गर्नुभएन । राईनास नगरपालिकाका शिक्षा शाखा प्रमुख पुर्ण नेपालीले भने यो हेडसरको सरासर गलत हर्कत भएको बताउनुभयो । आफुले कक्षा शिक्षक संग सम्पर्क गर्दा पनि हेडसरको नियतमा प्रशस्त संका गर्न ठाऊ रहेको उहाँले स्वीकार गर्नुभयो । यसबारेमा आबस्यक छानबिन गरि कार्वाही सम्म गर्न सकिने नेपालीले जानकारी दिनुभयो । एक त प्ले ग्रुपका बच्चालाई फेल गर्न पाईदैन, परिक्षामा सामेल बिद्याथीको नतिजा प्रकासन कुनै पनि हालतमा गर्नुपर्छ । यसरी नियत राखेर गरिएको कार्य अमान्य मात्र होईन बिधिबिधान भन्दा बाहिर भएको उहाँको प्रतिकृया छ ।
नेपालका सामुदायिक बिद्यालयहरुमा राजनितिक,सामाजिक तथा बिभिन्न प्रभावहरु पर्ने गर्दछन । केही पुर्ब बिद्यार्थिहरुले पनि आफुहरु अध्ययन गर्ने बेलामा पनि भेदभाव भएको सामाजिक सञ्जालमा प्रतिकृया दिएका छन ।