असार १२ गते २०७८

बाढीग्रस्त क्षेत्रमा सासंद गुरुङ्गको राहत तथा अनुगमन

यहि जेठ २९ गते देखिको अबिरल वर्षाका कारण जिल्लामा भएको क्षतिको अबलोकनका लागि लमजुङ जिल्लाका प्रतिनिधीसमा सदस्य देब गुरुङले अबलोकन गनुभएको छ । सो अबसरमा जिल्लाका अति प्रभावित क्षत्रका नागरीकहरुलाई राहत बितरण पनि गरिएको थियो ।
असार १ गते लमजुङ जिल्ला दोर्दी गाउँपालिकाको विभिन्न वडाहरूमा दोर्दी खोलामा आएको भीषण बाढीले हिलेवजार सहित २१ घर पुर्णत ध्वस्त बनाएको थियो । त्यसैगरि सयौ रोपनी खेतीयोग्य जमिन क्षति भएको, दोर्दीखोलामा अवस्थित ४ ओटा जलविद्युत परियोजनाहरु (हिमालयन, लेड्को, लिवर्टी र सुपरदोर्दी हाइड्रोपावर) को भौतिक संरचनामा करोडौंको क्षति पुर्याएको तथा सडक यातायात र मोटरेवल पुलहरु, विधुत लगायत बाढीबाट अरबौको भौतिक क्षति भएको छ ।
सो क्षेत्रको पूर्वमन्त्री एबं विघटित प्रतिनिसभा संघीय सांसद माननीय देव गुरुङ, संविधानसभा सदस्य लाल ब. गुरुङ , दोर्दी गापा अध्यक्ष ओम बहादुर गुरुङ,उपाधक्ष्य दिल ब. गुरुङ स्थानीय जनप्रतिनिधि नेता,कार्यकर्ता सहित स्थलगत अवलोकन गरिएको हो ।
जिल्लाको पछिल्लो अबस्थालाई हेर्दा विस्थापितहरुको पुनस्स्थापना र पुनःनिर्माण लगायतका कार्यहरु अविलम्व थालनीका लागि राज्यका सम्बन्धित निकायहरु अविलम्ब लाग्नुको विकल्प नरहेको उहाँले बताउनुभयो।