असार १३ गते २०७८

स्वास्थ्य मन्त्रीको पहिलो र्निणय: जनयुद्ध र जनआन्दोलनका घाईतेको उपचार

पोखरा, गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पदभार ग्रहण गर्नु भएको छ ।
मन्त्रालयमा पदभार ग्रहण गर्दे उहाँले दुईवटा दिर्घकालिन र्निणय गर्नु भएको छ । बिषेश गरि महिलाहरुको पाठेघरको क्यान्सरको उपचार निशुल्क गर्ने, जनयुद्ध, जनआन्दोलन तथा बिभिन्न खाले राजनितिक परिबर्तन, समाज रुपान्तरणका आन्दोलनका क्रममा घाईते, अपाङ्ग तथा एकल महिला, शहिद परिवारलाई स्वास्थ्य सेवा उपलब्ध गराउने जस्ता र्निणय गर्नुभएको हो ।

उहाँले पदभार ग्रहण गर्ने क्रममा अहिलेपनि दुरदराजमा स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेकोले यसबारेमा मन्त्रालयले आबस्यक थप गृहकार्य गर्न पनि र्निदेशन दिनुभएको छ । मन्त्रालयका कर्मचारीहरुलाई र्निदेशन दिदै उहाँले संघिय लोकतान्त्रीक गणतन्त्र स्थापनाका लागि योगदान दिएका तर राज्यको मुल प्रबाहमा आउन नसकेको बर्ग, दलित,जनजाती, अल्पसंख्यक, कमजोर आर्थिक अबस्था भएका जनताका लागि सर्बसुलभ स्वास्थ्य सेवा बनाउन आबस्यक कार्ययोजना र्निमाणमा जोड दिनुभयो । अहिले कोरोना महामारीको अबस्थामा सबै जनतालाई खोप लगाउने बारे सरकार प्रतिबद्ध रहेको र यसका लागि संघ सरकार संग समन्वय गरि खोपको ब्यबस्था मिलाउने उहाँले सो अबसरमा बताउनु भयो । ्लमजुङको दुधपोखरी गाऊपालिका वडा नं २ मा जन्मनुभएकी मन्त्री अधिकारी माओबादी आन्दोलनमा सहभागि हुने क्रममा बिभिन्न मोर्चाको नेतृत्व गर्नुभएको थियो । सो क्रममा उहाँलाई तत्कालिन शाही नेपाली सेनाले गिरफतार गरि चरम यातना दिईको थियो । उहाँ जनयुघको क्रममा जेल पर्नुभएको थियो ।