असार १८ गते २०७८

संसद पुनर्स्थापना भए पनि सरकार बन्न नसक्ने गुरागाईँको दाबी

काठमाडौं : वरिष्ठ अधिवक्ता रमेश गुरागाईँले संसद पुनर्स्थापना भयो भने पनि सरकार बन्न नसक्ने दाबी गरेका छन् ।

संसद विघटन खारेजको माग गर्दै परेको रिटमा प्रधानमन्त्रीको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता गुरागाईले भने, ‘संसद पुनर्स्थापना भयो भने पनि सरकार बन्न सक्ने अवस्था छैन । बने पनि विश्वासको मत पाउन सक्ने अवस्था छैन ।

वरिस्ठ अधिवक्ता बिष्णुमणि अधिकारीले पनि सरकार बन्न नसक्ने अवस्था भएकाले विघटनको कुनै विकल्प नभएको बताए ।