असार १९ गते २०७८

सबै नागरिकले कोरोना भइरस विरुद्धको खोप पाउँछन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकले कोरोना भइरस (कोभिड–१९)विरुद्धको खोप प्राप्त गर्ने बताएका छन् ।

शनिबार त्रिशूली–३ बी प्रशारण लाइन र सब स्टेसनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले समूह तोकेरै सबै जनसंख्यामा खोप पुर्‍याइने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले खोपको समाधान भएको पनि बताए । केही समय खोप पाउन समस्या भए पनि मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान गरिएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सुरुमा जोखिमयुक्त समूहलाई खोप दिने बताउँदै त्यसपछि सबै नागरिकलाई उपलब्ध गराइने बताए ।

साथै, उनले अब कोरोनाविरुद्धको खोप लगातार आउने बताउँदै भ्याक्सिनको क्याम्पेन नै चल्ने उल्लेख गरे । नेपाल भ्याक्सिन पाइएन भन्ने अवस्थाबाट अगाडि बढेको प्रधानमन्त्री ओलीले बताए ।