असार १९ गते २०७८

मन्त्री अधिकारीको पहलमा कोबिड संक्रमितको उद्धार

मनाङ,
गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीको पहलमा स्वास्थ्य अबस्था जटिल भएका बिरामीको उद्धार गरिएको छ । मनाङको नासो गाउपालिकाका कोरोना संक्रमित मनकासी गुरुङ लाई एयर एम्वुलेन्स(हेलिकप्टर) बाट पोखरा ल्याइएको उहाँको निजि सचिवालयले जानकारी दिएको छ ।
कोरोनाको उपचार गराईरहेका ५२ बर्षीय गुरुङलाई तत्काल थप उपचारको आबस्यकता परेको जानकारी पाएपछि मन्त्री अधिकारीले हेलिकप्टरको ब्यबस्था मिलाएर पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याएको बताइएको छ ।