असार १९ गते २०७८
हस्ताक्षर फिर्ता हुन्न, एकता टुंग्याउन कार्यदल सक्रिय बनाऔं
काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा जारी बैठक रोक्न आग्रह गरेका छन् । शनिबार दिउँसो भएको टेलिफोन कुराकानीमा नेता नेपालले आवश्यक सल्लाह र परामर्श बिना राखिएको बैठक रोक्न सुझाव दिएका हुन् ।
टेलिफोन सम्वादमा नेता नेपालले अदालतमा विचाराधीन मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिन नसकिने अडान राखेका छन् । शुक्रबारको बैठकबाट अध्यक्ष ओलीले सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नभए एकता नहुने घोषणा गरेका थिए । तर नेता नेपालले हस्ताक्षर फिर्ताको प्रस्ताव एकोहोरो भएको प्रतिक्रिया दिएका छन् ।
नेता नेपालले एकता टुंग्याउन कार्यदल सक्रिय बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।