असार २० गते २०७८
वर्षाका कारण पोखरा ३१ का घर जोखिमा
पोखरा : अविरल वर्षाका कारण पोखरा ३१ का पाँच घर जोखिमा परेका छन् । वेगनास बेत्यानी सौर्य सडकखण्डमा रहेको निर्माणाधिन खोलोबसी पुलमा लगाइएको जालीका कारण पानी निकास नहुँदा घरहरु जोखिममा परेका हुन् ।
निर्माणाधिन पुलमा लगाइएको जालीका कारण स्थानीय खेतबाट आउने पानी निकास नहुँदा स्थानीय घरमा पानी पसेको हो । स्थानीयका अनुसार खहरे खोलाले रुपाताल परियोजनाले जाली लगाउने क्रममा निकालिएको माटो खहरे बगाएर ल्याएको छ । समयमै उक्त माटो व्यवस्थापन नहुँदा बस्ती थप जोखिममा परेको हो ।