असार २१ गते २०७८
राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै माथिल्लो तामाकोशी जलविद्युत् आयोजना
राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सोमबार औपचारिक रुपमा राष्ट्रिय प्रशारण लाइनमा जोडिँदै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार भर्चुअल माध्यमबाट आयोजनाको औपचारिक उद्घाटन गर्नेछन्
र आजै राष्ट्रिय प्रशारण लाइनमा जोड्ने कार्यक्रम तय भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।
भर्चुअल कार्यक्रम दिउँसो ४ बजे हुनेछ ।
आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ७ वर्षपछि आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिन लागेको हो ।
सोमवार आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ ।
यस्तै असारभित्रै अर्को युनिट पनि सञ्चालनमा ल्याएर थप ७६ मेगावाट विद्युत् उत्पादन हुने सीईओ श्रेष्ठको भनाइ छ ।
माथिल्लो तामाकोशी पूर्ण स्वदेशी लगानीमा बनेर हालसम्म निर्माण सम्पन्न भएको आयोजना हो ।
यो आयोजना आर्थिक वर्ष २०६७/६८ मा शुरु गरेर २०७१ चैतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर लक्षित समयभन्दा ७ वर्ष पर धकेलिएर आयोजना बनेको हो ।