काठमाडौं : साताको अन्तिम दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । सेयर करोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्दा व्यापार र ‘अन्य’ बाहेकका सबै समूह बढेका छन् । नेप्से परिसूचक २३ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २४ दशमलव ८९ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४१ अंकले बढेको छ । कारोबार रकम भने ५ अर्ब पनि पुग्न सकेन ।
दिनभर भएका ५१ हजार ८६८ कारोबारबाट २२३ कम्पनीका १ करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २ सय ९४ रुपैयाँ पुगेको छ । बिहीबार सबैभन्दा धेरै फाइनान्स कम्पनीको समूहगत सवइन्डेक्स बढेको छ । फाइनास् ३ प्रतिशत भन्दा माथिले बढ्दा दोस्रोमा विकास बैंक २ प्रतिशत माथि र लघुवित्त समूह १ प्रतिशत माथिले बढेका छन् ।
सबैभन्दा धेरै गुहेश्वरी मर्चेन्ट फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । दोस्रामो राष्ट्रिय बिमा कम्पनीको संस्थापक समूहतर्फको सेयर मूल्य प्रतिकित्ता १ हजार ८४ रुपैयाँले बढेको छ ।
हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । अर्को व्यवस्था नहुदासम्मका लागि भन्दै उर्जा मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली...
Read More
लेखनाथ सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा लेखनाथ चरम बिबादमा परेको छ ।सेवाकेन्द्रका कार्य समिती लगायत अन्य अतिथि १ दिने आवासीय कार्यक्रमको आयोजना अन्तर्गत धम्पुसमा यहि फाल्गुण १७...
Read More
प्रमोद अधिकारी, बेसीशहर लमजुङ कोरोना भाइरस कोभिड– १९ संक्रमण बढ्दै गएपछि भदौं १ गतेबाट मध्यनेपाल नगरपालिकाका अत्यआवश्यक बाहेकका सबै सेवा बन्द हुने भएको जानकारी प्राप्त भएको छ । उक्त...
Read More
बुङ्गल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा...
Read More