असार २५ गते २०७८

भिजिट गण्डकी नामक मोबाइल एप्सको शुभारम्भ

पोखरा : गाँउ पर्यटन प्रवद्र्धन मञ्च नेपाल गण्डकी प्रदेशको आयोजना नेपाल पर्यटन बोर्डको सहयोग मा निर्मित गण्डकी प्रदेश भित्र मा घरबास हरु अनलाइन प्रविधि मार्फत बुकिङ गर्न मिल्ने, पैसा तिर्न मिल्ने सुविधा हरु सबै बुझन मिल्ने बहुआयमिक होम स्टे मोबाइल एप्स भिजिट गण्डकी नामक मोबाइल एप्सको आज बाट शुभारम्भ गरिएको छ।

सो कार्यकममा प्रमुख अथिती नेपाल पर्यटन बोर्ड का प्रमुख श्री काशी राज भण्डारी , विशेष अतिथि पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराई, भिटोफ नेपालका अध्यक्ष धुर्ब सिम्खडा , अग्नि कँडेल , आन्तरिक पर्यटन पुनरुत्थान समिती गण्डकी प्रदेश संयोजक, खगराज आचर्य पोखरा महानगर पालिका होम स्टे व्यवस्थापन समिति संयोजक , भितोफ नेपाल गण्डकी का सलाहकार टीका राम सापकोटा , डा.रामजी शर्मा , पर्यटन सम्बद्ध संपूर्ण संघ संस्था का अध्यक्षहरु, होम स्टे सदभावाना दूत , डेभलपर्स का टिम हरु , भिटोफ नेपालका प्रदेश का सम्पूर्ण सदस्यहरु , भितोफ का ११ जिल्ला संयोजकहरु उपस्थित सम्पूर्ण मा सम्पन्न गरियो।

जसमा संस्थाका संस्थापक अध्यक्ष तारा नाथ पहरी ले कार्यकम बारे प्रकाश पार्नु भएको थियो। भने शुभकामना मन्तव्य , डा रामजी शर्मा , टीका राम सापकोटा, धुर्ब सिम्खडा , गोपी बहादुर भट्टराई , ले बोल्नु भएको थियो।

जसमा अब गाउँ पनि प्रविधि मैत्री , सिधै पाहुना हरु संग घरबास जोडिँदा ग्रामीण पर्यटन प्रवद्र्धन हुने र गाँउ ले प्रतक्ष फाइदा हुने छ। गण्डकी प्रदेश ले एउटा नयाँ काम को सुरुवात समेत गरेको कार्यकम का प्रमुख अथिती ले बताउनु भयो। कार्यकम का प्रमुख अथिती ले एप्स को बटन क्लिक गरेर शुबरम्भा गर्नु भयको थियो।

सो कार्यकम का सभापति गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल गण्डकी प्रदेशका अध्यक्ष नबराज अधिकारी ज्यू ले होम स्टे लाइ यो मोबाइल एप्स गाउँ देखि बजार जोड्ने र घरबास लाई आफनो विश्व बजार सम्म जोड्न कोसेढुङ्गा सावित हुने छ।

अहिले यस होम स्टे मोबाइल एप्स बाट गण्डकी प्रदेश का ५० वटा घरबास हरु अनलाइन प्रविधि मार्फत बुकिङ गर्न मिल्ने भने अन्य २५४ को पनि विवरण हरु हेर्न मिल्ने छ। । साथै यस्तो प्रविधि गाउँ सम्म पुगाउने पहिलो संस्था भयको बताउनु भयो। यस डिजिटल प्रविधि का बारेमा अबका केही दिन मा नाई घरबास संचालक लाइ तालिम दिने कुरा संस्था का संस्थापकले बताउनु भयो । सो अवसरमा आयोजित कार्यक्रमको संचालन तारा नाथ पहरी ज्यू ले गर्नु भयको थियो।।