असार २६ गते २०७८
कारगारभित्र एक महिलाको शव फेला
लमजुङ : लमजुङ कारागारमा झुण्डिएको अवस्थामा थुनुवा एक महिलाको शव फेला परेको छ । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि लमजुङ कारागारमा रहेकी दूधपोखरी गाउँपालिका ३, फुलिङगिरीकी ४८ वर्षीया फूलमाया विक शुक्रबार बिहान करिब ४ः३० झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला कारागार लमजुङका जेलर जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत जगदिश मिश्रले जानकारी दिएका छन् ।
ती महिलाको शव शौचालयमा तन्ना बाँधेर झुण्डिएको अवस्थामा भेटिएको थियो । कारागारमा ८९ जना कैदीबन्दी रहेका छन् । ती मध्ये १० जना महिला कैदीबन्दी छन् । उनीहरु हरेक दिनजसो रमाईलोका लागि नाचगान गर्ने गर्थे । विहीबार रातको १२ बजे सम्म नाचगान गरेर सुतेको जेलर मिश्रले बताए ।
प्रहरीका अनुसार फुलिङगिरीका ७ वर्षीय बालकलाई ऐना फुटाएको निहुँमा कुटपिट गर्ने क्रममा बालकको मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दामा वैशाख २४ गतेदेखि पुर्पक्षको लागि थुनामा थिइन् । शव पोसमाटम गरी परिवारलाई जिम्मा दिईसकेको प्रहरीले जनाएको छ ।