असार २७ गते २०७८

नेकपा (माओवादी केन्द्र) वैधानिक रहेको निर्वाचन आयोगको ठहर

काठमाडौं: नेकपा (माओवादी केन्द्र) वैधानिक रहेको निर्वाचन आयोगले ठहर गरेको छ । आईतबार बसेको निर्वाचन आयोगको पूर्ण बैठकले एमाले नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुल्े माओवादी केन्द्र खोजी गर्नुपर्ने भन्दै आयोगमा दर्ता गराएका निवेदन र दावी दुवैलाई खारेज गरेको छ । आयोगले नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको हो