असार २८ गते २०७८
विपक्षी गठबन्धनको बैठक बस्दै
काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेलगत्तै आगामी योजनाबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक बस्दै छ ।
बैठक साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दूर्गा पौडेलले जानकारी दिइन् । बैठक कांग्रेस दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।
‘बैठकमा सर्वोच्च अदालतको फैसलाबारे समीक्षा गर्दै आगामी योजनाबारे छलफल गर्छौं,’ पौडेलले भनिन् । उनले सर्वोच्चको फैसलालाई राष्ट्रिय जनमोर्चाले स्वागत गरेको बताइन् ।
‘यो आदेशको विकल्पै थिएन, त्यसैले मलाई स्वाभाविक लागेको छ,’ उनले भनिन्, ‘प्रतिगमनविरुद्धको हाम्रो कदम सफल भएको छ ।’
विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा आबद्ध छन् । यी दलका नेता–कार्यकर्ताहरुले संसद विघटनविरुद्ध विरोधका कार्यक्रम गर्दै आएका थिए । साथै कांग्रेस सभापति देउवालाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए ।