असार २८ गते २०७८
अब विधिको शासन कायम हुन्छ : देउवा
काठमाडौं: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले लोकतन्त्रलाई जोगाएको बताएका छन्। प्रतिनिधिसभा पुनः स्थापना गर्ने फैसलाबाट संविधान र लोकतन्त्र रक्षाका लागि मद्दत पुगेको उल्लेख गर्दै देउवाले अब मुलुकमा विधिको शासन कायम हुने बताए।
सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गर्दै मङ्गलवार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको छ। सर्वोच्चको फैसलापछि छोटो प्रतिक्रिया दिँदै देउवाले भने, ‘अदालतले लोकतन्त्र जोगायो। न्यायालय स्वतन्त्र छ भन्ने पुष्टि भएको छ। अब पाँच दल मिलेर सरकार बनाउँछौं।’
सर्वोच्चको आदेशपछि विधिको शासनको जित भएको उनले बताए। ‘ओलीजीले बारम्बार संविधान मिच्नुभएको थियो। हामीले असंवैधानिक कदमको विरोध गर्दै आएका थियौँ। सर्वोच्चको आदेशपछि विधिको शासनको जित भएको छ,’ देउवाले भनेका छन्। उनले संसद् पुनः स्थापनाको पक्षमा रहेका सबै दलसँग छलफल र परामर्श गरेर अगाडि बढ्ने समेत बताएका छन्। ‘गठबन्धनको बैठक बस्दैछौं। सबैसँग सल्लाह गरेर अगाडि बढ्छु,’ उनले भने।