असार २८ गते २०७८
थप २,३७० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने थप १ हजार १३३ जना निको भएका छन् । नेपाल कोरोना संक्रमितको कुल संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ । तीमध्ये हालसम्म ९ हजार ४०० जनाको मृत्यु भएको छ भने ६ लाख २१ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७१२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २३ हजार ९४७ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७६५ संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५४९ जनाको आईसीयू र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
गत २४ घण्टामा प्रदेश १ मा ४४७, प्रदेश २ मा ४८ तथा बागमती प्रदेशमा ७१८ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा २८६, लुम्बिनीमा १५५, कर्णालीमा १२ र सुदूरपश्चिम प्रदेशमा २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
कहाँ कति थपिए संक्रमित
पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ४३३ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २८९, ललितपुरका ९० र भक्तपुरका ५४ जना संक्रमित छन् ।
यस्तै झापामा १४१, मोरङमा १३९, सुनसरी र बागलुङमा १२३/१२३, चितवनमा १०२, कास्कीमा ६९, नुवाकोट र गुल्मीमा ४८/४८ र मकवानपुरमा ४५ जनामा संक्रमण देखिएको छ ।
यस्तै रुपन्देहीमा ३७, नवलपरासी पूर्वमा ३३, पाल्पामा २२ र पर्वतमा २१ जना कोरोना संक्रमण पुष्टि भएको छ ।