काठमाडौं :सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।
यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको यातायात व्यवस्था विभागका एक अधिकारीले बताए ।
उनका अनुसार बढेको भाडा असार २९ गतेदेखि लागू गर्ने निर्णय थियो । सरकारले यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि गरेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ ।
नवलपुर , १ जेठ नवलपुरको देवचुली नगरपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली १२ का ४४ बर्षिय पुरुषमा संक्रमण...
Read More
धादिङमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु ६ असार, काठमाडौं । धादिङमा जीप दुर्घटना हुँदा ५जनाको मृत्यु भएको छ । कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च...
Read More
धनगढी । सशस्त्र प्रहरीले चार लाख बराबरको रुद्राक्षको माला कञ्चनपुरबाट बरामद गरेको छ । भन्सार छली गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट डोकेबजारले माला बरामद...
Read More
काठमाडौं : पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन् । ईपीएलको फ्रेन्चाइज काठमाडौं...
Read More