कम्पनीले कामबाट निकालेपछि साउदी अरवमा २४ जना नेपाली कामदार अलपत्र परेको बताएका छन् । साउदीको टोपाज गल्फ नामक कम्पनीले तलब नदिई कामबाट निकालेपछि २४ नेपाली अलपत्र परेको गुनासो गरेका छन् ।
कम्पनीले झण्डै ७ महिनाभन्दा बढी वेतलवी बिदा दिएर राखेपछि कामदारले अदालतमा मुद्दा दायर गरेका थिए । मुद्दाको फैसला कामदारहरुको पक्षमा आए पनि उनीहरुले पैसा र एक्जिट भिसा नपाएको बताएका छन् ।
कम्पनीले कामबाट निकालेपछि रोजगार बिहिन भएका २४ नेपाली अहिले साउदीस्थित जुबेलमा रहेको अर्घाखाँचीको मालारानी स्थायी घर भएका पीडित नेत्र विसीले बताएका छन् । उनका अनुसार साउदीस्थित नेपाली दूतावासलाई पटक-पटक फोन गरेर जानकारी गराए पनि वास्ता गरिएको छैन । करिव दुई महिनादेखि एउटा कोठामा दिन काट्न बाध्य भएको उनले बताएका छन् ।
नेपाल फर्कन पैसा नभएको, कम्पनीले पैसा नदिएको र साउदीस्थित नेपाली दुतावासले पनि वेवास्ता गरेको नेपाली यूवाको गुनासो छ । बिसीका अनुसार साउदीमा प्रयोग हुने अकमा कार्ड कम्पनीले नवीकरण नगरिदिएपछि उनीहरु जावाज (अदालत) पुगेका थिए ।
अदालतले नवीकरण गर्न र सम्पूर्ण तलब पूर्ती गर्न आदेश दिएपनि कम्पनीले आदेश पालना नगरेको युवाहरुको भनाइ छ ।
भोजपुर स्थायी घर भएका अर्का युवा भरत राई अनुसार दुतावासलाई फोन गर्दा उल्टै हामीलाई फोन नगर्नु भन्दै फोन काट्ने गरेको गुनासो गर्छन् । प्यूठानका बिष्णु सुनारले दूतावासका कर्मचारी, राजदूत नै सहयोग गर्न नसक्ने भन्दै पन्छिरहेको गुनासो गर्छन् ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताएका छन् । उनले एक वा अर्को रुपमा त्यस अगाडिका...
Read More
साउन, ८, पोखरा। साउन ७ गते मोरङ बिराटनगर घर भई हाल उदयपुर जिल्ला चौदण्डी नगरपालिका वडा नं ७ बस्ने एक शिक्षकले १४ बर्षिया बालिका लाई जवरजस्ती करणी गरेको आरोपमा...
Read More
हङकङमा सबै विपक्षी सांसदहरुले सामुहिक राजीनामा दिएका छन् । चार जना विपक्षी सांसदलाई पदका लागि अयोग्य ठहर गरिएपछि सबै विपक्षी सांसदले बुधबार एकैपटक पदबाट राजीनामा दिएका छन् । साउथ...
Read More
पोखरा :पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि.सि. को पोखरामा उपचार हुन नसकेपछि काठमान्डौ लगिएको छ । उहाँलाई हेरिकप्टर मार्फत काठमान्डौ लगिएको हो । उहाँको काठमान्डौको न्युरो अस्पतालमा उपचार भैरहेको...
Read More