११.३३ अंकले बढ्यो नेप्से, ८ अर्ब १४ करोडको कारोबार
गण्डकी सन्देश सम्वाददाता
काठमाडौं : साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से ६.९ अंकले बढेको छ । बुधबार स्थिरजस्तै रहेको बजारमा बिहीबार भने कारोबार रकममा पनि निकै सुधार देखिएको छ ।
बिहिबार २२३ कम्पनीका पाँच करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर ७३ हजार २७२ पटक खरिद बिक्री हुँदा कारोबार रकम ८ अर्ब १४ करोड ३६ लाख भन्दा धेरै भयो । बुधबार पाँच अर्ब ६५ करोडको मात्रै सेयर खरिद-बिक्री भएको थियो ।
बिहीबार ९ वटा कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले बढ्दा बैंकिङ, फाइनान्स, जलविद्युत्, माइक्रो फाइनान्स, म्यूचल फण्ड, निर्जीवन बिमा तथा व्यापार उपसमूहमा हरियाली छायो ।
ङादी पावर ग्रूपको सेयर मूल्य सबैभन्दा धेरै ९.४० प्रतिशतले बढ्यो भने १०.३५ प्रतिशतको कृषि विकास बैंकको डिबेन्चरको मूल्य ३.९० प्रतिशतले घट्न पुग्यो ।
बिहिबार ङादीसँगै रैराङ हाइड्रोपावर, गणपति माईक्रो फाइनान्सका लगानीकर्ता बजारबाट उच्च प्रतिफल पाए । बिहीबार गोर्खा फाइनान्स कम्पनीको सबैभन्दा धेरै ३६ करोड ६१ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भयो ।
देउराली स्वस्थ्य चौकी रुपा ५ ले देसब्यापी रुपमा सन्चालन भैरहेको HPV खोप अभियान सन्चालन गरेको छ । गन्डकी प्रदेश स्थापना दिवसको दिन गन्डकी प्रदेसले सार्बजनिक बिदा दिए पनि खोप...
Read More
राष्ट्रिय गौरवका आयोजनामध्येको एक आयोजना हो पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सम्पन्न भएमा देशले अन्य दुईटा अन्तराष्ट्रिय विमानस्थल पाउनेछ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल २०७१ मा...
Read More
काठमाडौं : चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् ।
Read More
११२ औं नारी दिवसको अवसर पारी पोखराको चिप्लेढुङ्गामा संचालित चिप्लेढुङ्गा मिनीमार्केट एसोसयिसनले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम हाल मिनीमार्केट संचालनमा रहेको स्थानका जग्गा...
Read More