श्रावण १ गते २०७८

स्थायी कमिटी बैठक रोक्न नेपाल समूहको आग्रह

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक रोक्न माधवकुमार नेपाल पक्षले गरेको आग्रह अस्वीकार गरेका छन् ।

तुलसीलाल प्रतिष्ठान, च्यासलमा बसिरहेको स्थायी कमिटी बैठकमा ओली पक्षीय नेताहरु मात्र सहभागी भएका छन् । पार्टी एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका माधवकुमार नेपाल समूहका नेताहरु च्यासलमा पुगेर बैठक रोक्न आग्रह गरेका थिए । तर ओलीले अस्वीकार गरेका छन् ।