श्रावण १ गते २०७८

गम्भिर बिरामी मेयरको काठमान्डौमा उपचार हुदै

पोखरा :पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि.सि. को पोखरामा उपचार हुन नसकेपछि काठमान्डौ लगिएको छ । उहाँलाई हेरिकप्टर मार्फत काठमान्डौ लगिएको हो । उहाँको काठमान्डौको न्युरो अस्पतालमा उपचार भैरहेको छ ।

उहाँको अबस्था सुधारउन्मुख भएको पोखरा महानगरपालिकाका प्रबक्ता धन बहादुर नेपालीले जानकारी दिुनभयो । उच्च रक्तचापका कारण मस्तीष्कघात भएका कारण शरिरको देब्रे भागमा समस्या देखिएको बताइएको छ ।