श्रावण ३ गते २०७८
विश्वासको मत लिने प्रधानमन्त्री देउवाको तयारी
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् ।
सर्वोच्च अदालतले २८ असारमा पुनस्र्थापना गरेको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार आजकै बैठकमा विश्वासको मत लिने तयारी छ ।
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । एमाले र जनता समाजवादी पार्टी (जसपा)मा विवाद चलिरहेकाले विश्वासको मत लिने हतार नगर्ने कांग्रेस नेताहरुले बताएका थिए ।