काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले सांसदहरुलाई आह्वान गरेका छन् ।
भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो पनि मत देउवालाई नै रहेको उल्लेख गरेका छन् ।
‘देउवा सरकारलाई विश्वासको मत प्रदान गरौं, सकेसम्म पार्टीमा सर्वसम्मन बनाउन कोशिस गरौं, त्यो भएन भने पनि विधिपूर्वक अन्तरपार्टी वैचारिक बहसहरु सञ्चालन गरौं’ उनले भने ।
आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन् । नेकपा एमालेको २६ सांसदसमेत १४९ सांसदको समर्थनमा धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेका उनलाई सर्वोच्च अदालतको आदेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् ।
खनालले सर्वोच्च अदालतको फैसलापछि लोकतान्त्रिक आन्दोलनका सहयोद्धा देउवाको नेतृत्वमा सरकार बनेको भन्दै यो सरकार दुई वर्षसम्म निर्वाध चल्नुपर्ने बताए । ‘यो सरकार सबै लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरुको समेत साझा सरकार बन्नुपर्छ’ उनले भनेका छन् । सरकारले विश्वासको मत नपाए मुलुक फेरि संकटमा पर्ने पनि खनालले बताएका छन् ।
गृह मन्त्रालयले नियन्त्रित लागुऔषध गाँजालाई औषधीय प्रयोगका लागि मापदण्ड बनाउने तयारी गरेको छ । सोमबार सिंहदरबारमा गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गर्दै मन्त्रालयका सचिव टेकनारायण पाण्डेले गाँजा प्रयोगको मापदण्ड...
Read More
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा नहुँदा राष्ट्रिय सभामै बजेट प्रस्तुत र पारित गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय सभामा बोल्दै उनले प्रतिनिधिसभा नभएको बेला...
Read More
स्याङ्गजा जिल्लाकी एक महिलाको पोर्चुगलमा निधन भएको छ । उनी रोजगारको सिलसिलामा बिगत एक बर्ष अद्धि मात्र पोचूगल गएको बताईएको छ । पछिल्लो समय पोखरामा बसोबास गर्दे आएकी रेनुका...
Read More
रवीन्द्र अधिकारी नेकपा एमालेका तत्कालीन युवा नेता एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेता रवीन्द्र अधिकारीका स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ । स्व अधिकारीको तेस्रो स्मृति...
Read More