श्रावण ३ गते २०७८
कांग्रेस संसदीय दलको बैठक सुरु
काठमाडौं : सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक संसद भवन बानेश्वरमा सुरु भएको हो ।
पछिल्लो पटक पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक बोलाइएको कांग्रेस संसदीय दलको बैठक दिउँसो दुई बजे भनिए पनि १ घण्टा ढिला गरी सुरु भएको कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
आज बस्ने संसद बैठकमै विश्वासको मत लिने तयारी छ । सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।
एमालेको माधवकुमार नेपाल समूहले मत दिने भएका छन् भने माओवादी केन्द्रको संसदीय दलले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरिसको छ ।
यसअघि संविधानको धारा ७६(५) अनुसार देउवाले प्रधानमन्त्री दाबी गर्दा पनि नेपाल समूहका २६ सांसदले साथ दिएका थिए ।