सामाजिक अभियान्ता आचार्यको जन्मदिन, गरिब बिद्यार्थीको शैक्षिक खर्च जिम्मा लिने
गण्डकी सन्देश सम्वाददाता
गण्डकी सन्देश पोखरा : पोखराका सक्रीय सामाजिक अभियान्ता सुबास आचार्यले आफ्नो जन्मदिनको अबसरमा पोखरा महानगरपालिका ११ काँहु स्थित श्री कालिका माध्यमिक बिद्यालयका गरिब तथा जेहेन्दार बिद्यार्थीको शैक्षिक खर्च आफुले जिम्मा लिने प्रण गर्नु भएको छ। आचार्यले आफ्नो २७ औं जन्मदिनको अवसरमा उक्त प्रण गर्नु भएको छ।
श्री कालिका माध्यमिक बिद्यालयका पुर्व बिद्यार्थी समेत रहनु भएका आचार्यले कक्षा २ मा अध्यानरत बिद्यार्थी ९ बर्षीय हिमाल परियारको कक्षा ५ सम्मको शैक्षिक खर्च बेहोर्ने बताउनु भएको छ। पछिल्लो समय जन्मदिनमा फजुल खर्च गरेर मनाउने चलन आएता पनि आफु त्यसको पछि नलागेर गरिव तथा जेहेन्दार बिद्यार्थीको समस्यालाई मध्यनजर गर्दै बिद्याथी हिमाल परियारको शैक्षिक सारथी बन्न लागेको आचार्यको भनाई छ। बिद्यालयका प्रधानाध्यापक निर्मला मानन्धर र शिक्षिका सन्ध्या भट्टराईको समन्वयमा बिद्यार्थी हिमाल परियालाई उक्त सहयोह गरिएको आचार्यले बताउनु भएको छ्।
आचार्यले आज श्राबण ३ अथात आईतबार परेको जन्मदिनको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै बिद्यार्थी हिमाल परियारलाई केहि स्टेस्नरी सामान पनि हस्तारतरण पनि गर्नु भएको छ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लेखापाल नारायण लामिछानेले गर्नु भएको थियो। आचार्य हाम्रो पोखरा कास्कीको पुर्व अध्यक्ष तथा दारी ग्याङ पोखराका सक्रीय सदस्य समेत हुनुहुन्छ।
नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने दावी गरेका कास्कीको पोखरामा मंगलबार भएको बृहत प्रशिक्षण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दावी...
Read More
दाङको घोराहीबाट प्रहरीले ३ लाख बढी रकम सहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । तीन लाख ५० हजार नगद सहित गएराती उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।घोराही–१८...
Read More
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्त भएका कुलमान घिसिङले बुधबार प्राधिकरण पुगेका छन् । उनलाई प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए । घिसिङले बुधबार नै पदभार ग्रहण...
Read More
कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि आगामी बुधबार (यही साउन ६ गते) जहाज चीनतर्फ जाने भएको छ । चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी...
Read More