श्रावण ५ गते २०७८

सत्ता समिती तनहुँमा युवा नेता चुमान

तनहु,
नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) को जिल्ला सत्ता समितीको संयोजनकमा युवा नेता शुक्र चुमान चुनिएका छन । ु
माआबोदीले सरकारमा सहभागि भएपछि सरकार र पार्टी अनि जनतालाई जोड्न बिषेश समिति र्निर्माण गरि काम गर्न यस्तो समिती बनाएको छ । सत्ता समिती स्थानिय स्तर देखि केन्द्र सम्म रहेको नेता चुमानले जानकारी दिए । बिकास र्निमाणमा प्रभावकारीता, जनतासंगको प्रत्यक्ष संबन्ध सत्तासंग पुरयाउन यो समितिले सहजीकरण गर्ने, योग्य ब्याक्तिलाई आबस्यक सरकारी निकायहरुमा कानुनी प्राबधानको आधारमा नियुत्त गर्न सिफारिस गर्ने लगायतका काममा सहजीकरण हुने उनको भनाई छ । समितिको सदस्यहरुमा राम बहादुर थापा,दिल बहादुर नेपाली र र्सिजना सिग्देल रहेका छन ।