श्रावण ५ गते २०७८

गण्डकी अस्पतालमा भवन निर्माणसँगै प्रसूतिमा सजिलो


श्रीभद्र पौडेल
पोखरा, ५ साउन
पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा प्रसुतिका लागि नयाँ भवन निर्माण गरिएसँगै सुत्केरी गराउन सजिलो भएको छ । भवन निर्माणसँगै यसअघि प्रसुति गराउँदा अप्रेसनका लागि पालो कुर्नुपर्ने, वेड, विजुली तथा अक्सीजन अभाव झेल्नुपर्ने साथै ठाउँको अभावमा राम्रोसँग ओपीडि मापदण्ड कार्यान्वयन गर्र्न नसकिएकोमा अव ति समस्याबाट मुक्ती मिलेको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर भरतबहादुर खत्रीले जानकारी दिनुभयो ।

उक्त भवन हाल आशिंक रुपमा संचालनमा ल्याइएको भएपनि अव अर्पोसन कोठा समेत सारी अवको केही दिन भित्रै पूर्ण संचालन गर्ने तयारी पनि अस्पताल प्रशासनले गरेको छ । कुल रु.२८ करोडको लागतमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भित्र सुविद्या सम्पन्न ४ तले नयाँ भवन निर्माण गरिएको हो । जसमा मेडिकल वार्ड, ओपिडी, ९ वटा अप्रेसन कोठा, प्रसूति लगायतका वार्डहरु छन् । उक्त अस्पतालमा दैनिक एक हजार बढी उपचारका लागि जाने गरेकोमा २० देखि ३० जना प्रसुतिकै लागि पुग्ने गरेका छन् ।