श्रावण ८ गते २०७८

अनुसन्धानकर्ता एवम् साहित्यकार तुलसी प्रवासले गरे पि.एच.डि.

नेपाली लोकसंस्कृतिका अनुसन्धानकर्ता एवम् साहित्यकार तुलसी प्रभासले ूनेपाली खेली गीतमा रस विधानू शीर्षकमा विद्यावारिधी सम्पन्न गर्नु भएको छ ।
लामो समयको साधना र शोध निर्देशक गुरूहरूको निर्देशनबाट उहाँलाई यो उपाधि सम्भव भएको हो । उहाँ भन्नुहुन्छ, ू यस खुसियालीको अवसरमा म मेरा शोध निर्देशक गुरू प्रा।डा। कुसुमाकर न्यौपाने, शोध विशेषज्ञ गुरू नारायण चालिसे, नेपाल संस्कृत विश्वविद्यालयका विद्वानहरू, अनुसन्धान परिषद्का सदस्यज्यूहरू लगायत समग्र विश्वविद्यालय परिवारप्रति हृदयदेखि आभार प्रकट गर्दछु । शोधका सिलसिलामा विभिन्न विभिन्न स्थान र समयमा श्रोत सामग्री उपलब्ध गराउनु हुने गायक गायिका लगायत मलाई आवश्यक सहयोग गर्नुहुने सबै शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गर्दछु ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका करीब ९ जिल्लाहरू खास गरी कास्की, स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, अर्घाखाँची , रुपन्देही, कपिलवस्तु , नवलपरासीलाई अनुसन्धान क्षेत्र बनाएर उहाँले लामो समय अनुसन्धान गरिरहनु भएको थियो । नेपाली समाजमा लोप हुन लागेका खेली गीतलाई आजका नयाँ कलाकारले रोइला भनेको प्रति प्रभासको आपत्ति छ । उहाँ भन्नुहुन्छ( “यी गीतलाई रोइला होइन खेली भनिनुपर्छ । खेली जनजिब्रोले पचाइसकेको लोकप्रिय शब्द पनि हो ।”

उहाँले शोधका शिलशिलामा विभिन्न स्थानमा स्रोत सामग्री उपलब्ध गराई सहयोग गर्ने सबैप्रति पुनस् धन्यवाद दिँदै अगाडि भन्नुभयो, “यसबाट अनुसन्धानका क्षेत्रमा अझै सशक्त रूपमा अघि बढ्ने थप प्रेरणा मिलेको छ ।” अनुसन्धानका क्रममा उहाँले संकलन गरेका ३६ स्थानका १०३२ टुक्का लगायतका अन्य सामग्रीहरू वहाँको युट्युब च्यानलमा सुरक्षित रहेकाले पुनस् अवलोकन पनि गर्न सकिन्छ ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका करीब ९ जिल्लाहरू खास गरी कास्की, स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, अर्घाखाँची , धरुपन्देही, कपिलवस्तु , नवलपरासीलाई अनुसन्धान क्षेत्र बनाएर उहाँले लामो समय अनुसन्धान गरिरहनु भएको थियो । नेपाली समाजमा लोप हुन लागेका खेली गीतलाई आजका नयाँ कलाकारले रोइला भनेको प्रति प्रभासको आपत्ति छ । उहाँ भन्नुहुन्छ( “यी गीतलाई रोइला होइन खेली भनिनुपर्छ । खेली जनजिब्रोले पचाइसकेको लोकप्रिय शब्द पनि हो ।”

उहाँले शोधका शिलशिलामा विभिन्न स्थानमा स्रोत सामग्री उपलब्ध गराई सहयोग गर्ने सबैप्रति पुन ःधन्यवाद दिँदै अगाडि भन्नुभयो, “यसबाट अनुसन्धानका क्षेत्रमा अझै सशक्त रूपमा अघि बढ्ने थप प्रेरणा मिलेको छ ।” अनुसन्धानका क्रममा उहाँले संकलन गरेका ३६ स्थानका १०३२ टुक्का लगायतका अन्य सामग्रीहरू वहाँको युट्युब च्यानलमा सुरक्षित रहेकाले पुनःअवलोकन पनि गर्न सकिन्छ