श्रावण ८ गते २०७८

ड्राईभिङ्ग स्कुल संघको माग ः तालिम दिनेलाई खोप

पोखरा, ड्राईभिङ्ग स्कुल संघ , गण्डकी प्रदेशले आफ्ना प्रशिक्षकहरुलाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्ग संग संघले उक्त माग गरेको छ । संघको तर्फबाट केन्द्रीय महासचिव उमेश सि.के. बर्तमान अध्यक्ष बशन्त भट्टचन, पुर्ब अध्यक्ष तुला बहादुर ठकुरी, तथा पधाधिकारीहरु बिष्णु पोखरे, रामचन्द्र पौडेलको टोलीले मन्त्री अधिकारीलाई मागपत्र पेश गरेको छ ।
मन्त्री अधिकारीले प्राथमिकताको क्षेत्र र्निधारण भएकोले ड्राईभिङ्ग क्षेत्र पनि संबेदनशिल क्षेत्र भएको बताउनु भयो । अबको क्रममा अतिआबस्य सेवाका क्षेत्रमा संलग्नहरुलाई खोप लगाउने कार्य अगाडी बढ्ने जानकारी दिनु भयो । सरकारले सकेसम्म सबै नागरीकलाई खोप दिने कुरामा गम्भीर रुपमा लागि रहेको पनि सो अबसरमा उहाँले बताउनु भयो ।