श्रावण ८ गते २०७८
रेशम चौधरीलाई रिहा गर्न सांसद झाको माग
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का सांसद अनिल झाले रेशम चौधरीको रिहाइ गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा झाले मुद्दा फिर्ता र बन्दीहरुको रिहाइको प्रक्रिया अघि बढाउन आग्रह गरे । एउटा मुद्दामा रहेका दुई जनालाई कलैयाबाट प्रहरीले पक्राउ गरेको भन्दै उनले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।
पूर्ववर्ती सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश यथाशीघ्र पारित गर्न समेत झाले माग गरेका छन् ।