श्रावण ८ गते २०७८
बजेट खर्च गर्ने क्षमता बढाउँछु : अर्थमन्त्री बराल
नव नियुक्त गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले कोरोना नियन्त्रणमा खटिने फ्रन्टलाइनरलाई १ करोड निकासा गर्दै कार्यभार सम्हालेका छन् । शुक्रबार अर्थमन्त्रीमा नियुक्त भएका बरालले कोरोना महामारी नियन्त्रणमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीका लागि भत्ता स्वरुप १ करोड निकासा गर्दै अर्थमन्त्रीको कार्यभार सम्हालेका हुन् ।
यसअघी उनले दिउँसो सपथ खाएका थिए भने लगत्तै सहीदपार्क पुगेर सहीदको शालिकमा माल्यार्पण गरेका थिए । सहीदको शालिकमा माल्यार्पण पश्चात कार्यभार सम्हाल्न पुगेका मन्त्री बरालले त्यहाँ कर्मचारीलाई निर्देशन दिनुका साथै पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री बरालले चुनौतिपूर्ण अवस्थामा आफूले जिम्मेवारी पाएको बताउँदै यो चुनौतिलाई अवसरमा बदल्ने अठोट व्यक्त गरे । आर्थिक अनुशासन कायम गर्दै समृद्धिको खोजी गर्ने दिशामा आफू सदैव लाग्ने उनले प्रतिबद्धता जनाए । त्यस्तै मन्त्री बरालले बजेट खर्च गर्ने क्षमता बढाएर प्रदेशलाई बलियो बनाउन आफू लाग्ने बताए । बजेट छुट्टिएका योजना कार्यान्वयनमा नगए रकमान्तर गरेर भएपनि बजेट खर्च गर्ने क्षमता बढाइने उनले बताए । साथै उनले सहीदले देखाएको सपना पूरा गर्दै संघीयता माथि उठेका प्रश्नलाई कामबाट जवाफ दिनेपनि उद्घोष गरे ।