श्रावण ८ गते २०७८
सरकारको खर्चभन्दा व्यापार घाटा ठूलो
काठमाडौं : आर्थिक वर्ष २०७७/७८ मा नेपालले अहिलेसम्मकै बढी परिमाणमा वैदेशिक व्यापार गरेको छ । एक वर्षको अवधिमा करीव १६ खर्ब ८० अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ ।
यो गत आवको तुलनामा २९.८५ प्रतिशतले बढी हो । कोरोना महामारीका बीच नेपालको वैदेशिक व्यापार भने चम्किएको छ । गत आव २०७६/७७ मा नेपालले मात्र १२ खर्ब ९४ अर्ब ५० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
आव २०७५/७६ मा भने १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो । आव २०७६/७७मा भने कोरोनाको प्रभाव बढी देखिएको थियो ।
आव २०७७/७८मा मा आन्तरिक अर्थतन्त्र प्रभावित भएपनि आयात-निर्यातमा भने निषेधाज्ञा तथा लकडाउनको प्रभाव नपरेको तथ्यांकले देखाएको छ ।
व्यापार घाटा १४ खर्ब
व्यापार घाटा गत आर्थिक वर्षको सरकारी खर्च भन्दा ठूलो छ । गत आव २०७७/७८ मा सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । यो बजेटबाट खर्च भने करिब ११ खर्ब ८१ अर्ब रुपैयाँ मात्र भएको थियो ।
तर, उच्च आयात र कमजोर निर्यातका कारण व्यापार घाटा बजेट खर्चभन्दा माथि पुगेको छ । आव २०७७/७८ मा व्यापार घाटा भने १३ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । व्यापार घाटा अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा २७.२६ प्रतिशतले बढी भएको हो ।
यो वर्ष निर्यातमा समेत उच्च वृद्धि देखिएको छ । तर, आयातको तुलनामा निर्यात निकै कम हुँदा व्यापार घाटा बढ्दै गएको हो ।
आव २०७७/७८ मा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.६० प्रतिशत र निर्यातको हिस्सा ८.४० प्रतिशत देखिएको छ । यो गत आवको तुलनामा प्रतिशतका दृष्टिकोणले भने केही सुधारिएको स्थिति हो ।
आयात मात्र १५ खर्ब माथि, निर्यातमा ४४.४३ प्रतिशत वृद्धि
यो वर्ष निर्यात व्यापारका दृष्टिकोणबाट भने सफल रहृयो । नेपाल अहिलेसम्मकै बढी रकमको सामान विदेश निर्यात गर्न सफल भएको यो वर्ष निर्यातको वृद्धि गत आवको तुलनामा ४४.४३ प्रतिशत बढी रह्यो ।
भन्सार विभागको तथ्यांकअनुसार आव २०७७/७८ मा कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको भयो । आज २०७६/७७ मा ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो ।
यो आवमा आयात भने १५ खर्ब ३९ अर्ब ८३ करोड रुपैयाँ बराबरको भएको छ । आयातमा यो वर्ष २८.६६ प्रतिशतको वृद्धि भएको हो । आव २०७६/७७ मा ११ खर्ब ९६ अर्ब ७९ करोड रुपैयाँ बराबरको मात्र आयात भएको विभागको तथ्यांक छ ।
पेट्रोलियम पदार्थ मात्र २ खर्ब १४ अर्बको
आव २०७७/७८ मा पेट्रोलियम पदार्थको आयात मात्र २ खर्ब १४ अर्ब ४०९ करोड रुपैयाँ बराबरको भएको छ । नेपालमा कुल निर्यातले पेट्रोलियम पदार्थको आयात मात्र समेत धान्न नसक्ने अवस्था छ । यो प्रवृत्ति यो वर्षसमेत दोहोरिएको छ ।
स्टिल र आइरनको आयात १ खर्ब ५३ अर्ब रुपैयाँ भन्दा बढी भएको छ । तरकारीजन्य वस्तुको आयात वाषिर्क ३८ अर्ब ५० करोड रुपैयाँमाथि पुगेको छ ।
नेपालबाट भने सबैभन्दा बढी वनस्पती तेल र सो प्रकारको वस्तु निर्यात भएको छ । वनस्पती तेल र यो समूहको निर्यात ५५ अर्ब ९५ करोड रुपैयाँ भन्दाबढी भएको तथ्यांकमा देखिएको छ ।
आयातबाट ४ खर्ब २० अर्ब राजस्व
भन्सार विभागले यो वर्ष वस्ुतु आयातबाट मात्र कुल ४ खर्ब २० अर्ब ९७ करोड रुपैयाँ भन्सार राजस्व उठाएको छ । यो आयातबाट मात्र उठेको राजस्व हो ।
विभागका प्रवक्ता शिशिर घिमिरेका अनुसार विभागले कुल राजस्व संकलन भने ४ खर्ब ४४ अर्ब २६ करोड गरेको छ ।
यो वर्ष भन्सार विभागको राजस्व संकलनको लक्ष्य ४ खर्ब ४० अर्ब २६ करोड रुपैयाँ रहेको थियो । संकलन लक्ष्यभन्दा केही बढी भएको छ ।
भारतसँग ८ खर्बको व्यापार घाटा
नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार भारतसँग छ । आयात र निर्यात दुबै यसै मुलुकमा बढी हुन्छ । आव २०७७/७८ मा भारतबाट कुल ९ खर्ब ७१ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
भारतमा नेपालबाट भने १ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । भारतमा व्यापार घाटा भने ८ खर्ब ६५ अर्ब २३ करोड रुपैयाँ बराबरको भएको छ ।
नेपालमा चीनबाट २ खर्ब ३३ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । चीनमा भने मात्र १ अर्ब १ करोड रुपैयाँको सामान निर्यात भएको छ ।
अमेरिकामा नेपालबाट १३ अर्ब ७९ करोड रुपैयाँको सामान गएको छ । सो मुलुकबाट नेपालमा १९ अर्ब ५० करोड रुपैयाँ बराबरको सामान आयात भएको भन्सार विभागको तथ्यांकमा देखिएको छ ।