श्रावण ९ गते २०७८

मन्त्री थापाको मन्त्रालय सम्हाले पछिको पहिलो कार्यक्रम

पुष्प दाहाल , पोखरा

पोखरा माहनगर पालीका वडा नम्वर १४ मा शिव मन्दिरको सिल्यानास कार्यक्रम सम्पन्न भएको छ । बिसाल नगर र परिवर्तन टोल बिकास संस्थामा बन्न लागेको उक्त मन्दिरको गण्डकी प्रदेशका कानुन संचार तथा प्रदेश मामिला बिन्दुकुमार थापाले एक कार्यक्रमका बिच सिल्यानास गरेका छन् । थापाले मन्त्रालय सम्हाले पछिको पहिलो औपचारिक कार्यक्रमको रुपमा उक्त मन्दिरको सिल्यानास गरेका हुन् । मन्त्री थापा स्वयंले समाजको लागी निःशुल्क रुपमा उपलब्ध गराएको करिब चार आना क्षेत्रफको जमिनमा मन्दिर निर्माण हुन लागेको मन्दिर निर्माण समितीका अध्यक्ष राम प्रासाद पोख्रलेले जानाकारी दिए । कार्यक्रममा मन्त्री थापाले समाजमा समाजिक सद्भाव कायम राख्न यस्ता खालका कार्यले महत्वपुणर् भुमिका खेल्ने भन्दै निमाणर्को क्रममा आईपर्ने अन्य सहयोग गर्न पनि आँफु तयार रहेको बताए । कार्यक्रममा वडा नम्वर १४ का वडा अध्यक्ष प्रेम बहादुर कार्की, एकता सहकारीका अध्यक्ष वालसिंह काँउचा, हिन्दु महासंघ कास्कीका अध्यक्ष पार्वता पौडेल लगाएतले बोलेका थिए । कुल १० लाखको लागतमा बन्न लागेको उक्त मन्दिर करीव तीन महनिामा सम्पन्न गर्ने गरी काम भएको निर्माण उपसमीतीका संयोजक चोलाकान्त ढकालले बताए । मन्दिरका लागी हाल रोजगारीको शिलशिलामा जापानमा रहेका राजेन्द्र भुषालले आर्थिक संकलन गरिरहेको वताईएको छ । मन्दिर निर्माण समितीका अध्यक्ष राम प्रसाद पोख्रलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमा स्वगात मन्तब्य उपाध्यक्ष चन्द्र बिक्रम अधिकारीले गरेका थिए भने संचालन सचिव तिलक तिवारीले गरेका थिए ।