श्रावण ११ गते २०७८
सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच छलफल
सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’बीच आज छलफल भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफल संघीय संसदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा केन्द्रीत रहेको थियो । भेटमा उहाँहरुबीच विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लाहरुमा सरकारको प्राथमिकताबारे पनि छलफल भएको छ । सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी गराउनु भयो ।